कला

[ना.]

१. अग्निमण्डलको दसौँ भाग

२. अनुभव तथा ज्ञानका आधारमा सिद्धान्तलाई पनि ध्यानमा राख्तै नियमित रूपमा काम गर्ने र कृति प्रस्तुत गर्ने कौशल

३. इन्द्रजाली वा चटकीको काम

४. कुनै काम प्रशंसित तथा आकर्षक रूपमा गर्ने ढङ्ग; जुक्ती

५. कुनै पनि काम राम्रोसित गर्ने सिप, कौशल आदि व्यवहार उपयोगी चौसट्ठी कला (जस्तै; गायन, वादन, नर्तन, नाट्य, चित्रकारी, विशेषकच्छेद्य (टिकोटालो गर्नु), तण्डुलकुसुमावली (चामलका दानाले फूलबुट्टा बनाउनु), पुष्पास्तरण (फूलैफूलको शृङ्गार रच्नु), अङ्गराग (बुकुवा, पाउडर आदि लगाउनु), मणिभूमिका कर्म (घर सजाउनु), शयन रचना (बिछ्याउना सजाउनु), उदकवाद्य (जलतरङ्ग बजाउनु), उदकाघात (पचका हान्नु), चित्रायोग (उमेर वा अवस्था परिवर्तन), माल्यग्रन्थन (माला गाँस्नु), केशशेखरापीड (कपालमा फूल सजाउनु), नेपथ्य योग (पोसाक फेर्नु), कर्णपत्रभङ्ग (ढुङ्ग्री, काँटा आदि लगाउनु), गन्धयुक्ति (अत्तर आदि लगाउनु), अलङ्कार योग (गहना पहिरनु), ऐन्द्रजाल (चटक गर्नु), कौचुमार योग (रूपरचना), हस्तलाघव (हल्का हातले चाँडो काम गर्नु), सूपकर्म (खाना पकाउने काम), पानकादि भोजन (सर्बत आदि बनाउनु), सूचिकर्म (सिलाइको काम), सूत्रक्रिया (धागो, बत्ती आदि कात्नु), वीणाडमरुवाद्य (सितार, तबला आदि बजाउनु), प्रहेलिका (गाउँखाने कविता, कथा रच्नु), प्रतिमाला (अन्त्याक्षरी मिलाएर श्लोक भन्नु), दुर्वाचक योग (कठिन पदहरूको अर्थ गर्नु), पुस्तक वाचन (राम्रोसित पुस्तक पढ्नु), नाट्यकला (हाउभाउ झिकेर नाटकहरू खेल्नु/खेलाउनु), समस्यापूर्ति (एक पाउमा अरू पाउ थपेर श्लोक पूरा गर्नु), पट्टिक विकल्प (मेच, कुर्सी आदि बनाउनु), तक्षकर्म (काठको मरमत), तक्षण (सिकर्मी काम), वास्तुकर्म (घर आदि बनाउने काम), रूप्यरत्न परीक्षा (सुनचाँदीको काम), धातुकर्म, मणिराग ज्ञान (जुहारती काम), आकर ज्ञान (खनिज विद्या), वृक्षायुर्वेद योग (बगैँचा बनाउने काम), सजीवद्यूत (चरा, भेडा आदि लडाउने काम), शुकसारिका प्रलापन (सुगामैना पालेर पढाउनु), उत्सादन (तेल मालिस गर्ने काम), अक्षरमुष्टिका कथन (साङ्केतिक शब्द वा अक्षरबाट कुरा गर्नु), म्लेच्छित विकल्प (विदेशी भाषाहरू जान्नु), देशभाषा ज्ञान (देशका विभिन्न भाषा जान्नु), पुष्पशकटिका निमित्त ज्ञान (प्राकृतिक लक्षणद्वारा शुभाशुभ कुरा जान्नु), यन्त्रमातृका (जन्तर मन्तर गर्नु), धारणमातृका (रक्षाबुटी बाँध्ने काम), सम्पाठ्य (अर्काले पढेको सुनेर त्यस्तै पढ्नु), मानसी काव्यक्रिया (कविता, काव्य आदि रच्दै सुनाउनु), अभिधान कोश छन्दोज्ञान (शब्दकोशछन्दका लयहरू जान्नु), क्रिया विकल्प (क्रियाको प्रभाव बदल्नु) छलित योग (ठगी वा ऐयारी गर्नु), वस्त्रगोपन (लत्ता कपडाको हिफाजत), द्यूतक्रीडा (जुवा), आकर्षक क्रीडा (पासा, बुद्धिचाल आदि खेल), बालक्रीडन (केटाकेटीको खेल), वैनायिकी (नम्रता, शिष्टाचार), वैतालिकी (हात्ती, घोडा आदि सधाउनु), वैजयिकी (लडाइँ, कुस्ती, कसरत आदि)।

६. खेलबाड

७. चन्द्रकलाको सोह्रौँ भाग

८. छल।

९. तेज; प्रभाव

१०. मानिसको जीवननिर्वाह तथा उच्च ज्ञानप्राप्तिका निम्ति योग्य बनाउने अध्ययन तथा अनुशीलनको महत्त्वपूर्ण क्षेत्र (तुल. आर्ट)।

११. राशिको तिसौँ भागको साठियौँ भागको पनि साठियौँ भाग

१२. वास्तु वा मूर्तिकलामा दुई मात्रा बराबरको नाप; दुई अङ्गुलको परिमाण

१३. वास्तु, मूर्ति, चित्र, सङ्गीत, साहित्य आदि ललित कला वा विद्या

१४. शोभा

१५. सूर्यका प्रकाशको बाह्रौँ भाग

[ना.]

बोलाउँदा प्रकट हुने चर्को स्वर

[ना.]

भूत, प्रेत आदिको दोष

[ना.]

केराउ

[क्रिवि.]

१. : कनउटो

२. धेरै हल्लीखल्ली

[ना.]

कोलाहल; झगडा वा वादविवाद; गुहारका निम्ति लगाइएको डाको