सूर्य
[ना.]
१. ज्योतिषशास्त्रअनुसार नौ ओटा ग्रहमध्येको पहिलो ग्रह।
२. दिनमा आकाशमा देखिएर प्रकाश र ताप दिने; ज्योतिषशास्त्रले ग्रह तर ज्योतिषविज्ञानले तारा मानेको, बाह्य अन्तरिक्षको एक जल्दोबल्दो पिण्ड; घाम।
३. पृथ्वी, मङ्गल, बुध आदि ग्रहहरूद्वारा परिक्रमा गरिने एक विशाल तेजपुञ्ज।