पूरा
[वि.]
१. आफ्ना सबै अङ्गले युक्त भएको; कुनै अङ्ग वा अंशको कमी नभएको।
२. कुनै काम फत्ते भएको; सफल; सिद्ध।
३. खुनखोट केही नलागेको; कमी वा त्रुटि नभएको; सग्लो; सिङ्गो।
४. खोजे वा चाहेअनुसारको; पुग्दो; यथेष्ट।
५. चाहिनेजति सबै कुराले पूर्ण भएको; कुनै कुराको कमी नभएको; पूर्ण।