अनुभव
[ना.]
१. इन्द्रिय वा स्नायुहरूका माध्यमबाट उत्पन्न उद्दीपनबाट प्रकट हुने मानसिक अनुक्रिया; अनुभूति; संवेदन।
२. उक्त क्रिया प्रक्रियाबाट प्राप्त हुने मानसिक बोध।
३. उमेर, व्यस्तता, सहभागिता आदिले गर्दा विचार र शिल्पमा आउने परिपक्वता; दक्षता; चातुर्य।
४. पाँच ज्ञानेन्द्रियले भोगेर चाल पाउने क्रिया वा त्यसरी पाएको ज्ञान।
५. भोगाइ, चेताइ, बेहोराइ आदिको क्रिया वा प्रक्रिया।
६. स्वाद, गुण, विशेषता आदिको उपभोग तथा त्यस्तो उपभोगबाट प्राप्त बौद्धिक लाभ।