फेर्नु

[सक्रि.]

१. उल्टो पार्नु; उल्टाउनु

२. कुनै एकसँग अर्को साट्नु वा बदल्नु; सट्टापट्टा गर्नु; परिवर्तन गर्नु

३. घोडा आदिलाई मण्डलाकार गतिमा घुमाउनु; कावा खुवाउनु

४. जपमाला घुमाउनु

५. दिसापिसाब गर्नु; मलमूत्र त्याग्नु

६. बदला लिनु; साटो फेर्नु।