गृह · शब्दकोश

योग

[ना.]

१. आपसी हेलमेल; मिलाप।

२. उपयुक्त समय वा साइत।

३. कुनै कामकुराको उपयुक्तता वा अनुकूलता।

४. कुनै दुई वस्तु परस्परमा मिल्ने वा जोडिने काम; मिलाइ; जोडाइ; संयोग।

५. गणितमा जोड्ने काम वा क्रिया; जोड; जम्मा।

६. चित्तको चञ्चल वृत्ति रोक्ने काम; वैराग्य।

७. चित्तलाई ईश्वरमा लीन गराउनका लागि एकाग्र हुने कार्य; मोक्षको उपाय।

८. छ वटा दर्शनमध्ये एक; योगदर्शन।

९. छलको व्यवहार; धोका।

१०. ज्योतिषका मतमा सिद्धि र अमृत नामका योग।

११. ज्योतिषशास्त्रमा तिथि, वार, नक्षत्र, योग र करणसमेत मिलेर बन्ने पाँच अङ्गमध्येको एक अङ्ग; विष्कम्भ, प्रीति, आयुष्मान् आदि सत्ताइस वटा योगको साझा नाम।

१२. टुनामुना; वशीकरण।

१३. तिथि र नक्षत्रका संयोगले पर्न आउने आनन्द, कालदण्ड आदि सत्ताइस वटा योग।

१४. फलित ज्योतिषका अनुसार ग्रहहरू विशेष स्थितिमा जुट्नाले पर्न आउने शुभ वा अशुभ योग।

१५. यम, नियम, आसन, प्राणायाम, प्रत्याहार धारणा, ध्यान र समाधिको अष्टाङ्गयोग।

१६. लाभ; फाइदा; आम्दानी।

१७. सबै थोकको तारतम्य; काकताली।

१८. सम्बन्ध; सम्पर्क।

⟵ फेरि सूचीमा जानुहोस्