गृह · शब्दकोश

क्रिया

[ना.]

१. कुनै पनि काम गर्ने चेष्टा, ढङ्ग वा विधि (लेखनक्रिया, संशोधनक्रिया इ.); प्रयत्न।

२. कुनै पनि काम भइरहनुको अवस्था।

३. कुनै पनि क्षेत्रसँग सम्बन्धित नियमअनुसार हुने काम (व्यावहारिक क्रिया; शल्यक्रिया इ.)।

४. तन, मन र वचनले गरिने वा नित्य हुने कुनै पनि कार्य (दैनिक क्रिया, प्रातः क्रिया इ.)।

५. मृतकको अन्त्येष्टि कर्म; किरिया।

६. व्याकरणमा कार्यव्यापार जनाउने वा कुनै कार्य, घटना आदि हुनु र गरिनुको वाचक शब्द।

⟵ फेरि सूचीमा जानुहोस्