परीक्षा
[ना.]
१. कुनै वस्तुको गुण, दोष आदिको जानकारीका निम्ति गरिएको प्रयोग; पारख।
२. तर्क, प्रमाण आदिबाट कुनै वस्तुका यथार्थको निरूपण गर्ने काम; निष्पक्षता।
३. प्राचीन न्यायालयमा अभियुक्त वा साक्षीको सच्चाइ जाँच्ने काम; दिव्यपरीक्षा।
४. योग्यता, विशेषता, सामर्थ्य, गुण आदिको स्तर निर्णय गर्नका निम्ति ठिकसित पारख गर्ने काम; जाँच गर्ने काम; जाँच; जँचाइ।