गृह · शब्दकोश

विकल्प

[ना.]

१. अन्योल; भ्रान्ति; भ्रम।

२. एउटै सन्दर्भका विभिन्न नियममध्ये एउटा नियम स्वीकार गर्ने काम।

३. दुई वा बढी विषयमध्ये कुनै एक विषय छान्ने काम; अथवा।

४. परस्परविरोधी कुनै दुई विषयलाई लिएर यो वा त्यो भन्दा पर्ने अर्थालङ्कार।

५. पहिले कुनै कुरा सोचेर फेरि त्यसका विपरीत अर्कै कुरा सोच्ने काम; पूर्वविचारलाई त्यागेर लिइएको नयाँ विचार।

६. योगशास्त्रका अनुसार मनमा सन्देह पैदा हुने चित्तवृत्ति।

⟵ फेरि सूचीमा जानुहोस्