फूल
[ना.]
१. बोटबिरुवामा फल लाग्नुभन्दा पहिले निस्कने मनोहर सुकोमल अङ्ग; फुलेको कोपिलो; पुष्प; कुसुम; सुमन; प्रसून।
२. मकै, धान, जुनेलो आदि भुट्ता विकसित भएको स्वरूप; लावा।
३. रज; ऋतु।
४. ल्वाङका टुप्पामा रहेको फस्को अंश; ल्वाङको गोटा।
५. स्त्री जातिले टाउकामा लगाउने, सुनको चेप्टो, पातलो र वृत्ताकार गहना; शिरफूल।