गृह · शब्दकोश

फूल

[ना.]

१. बोटबिरुवामा फल लाग्नुभन्दा पहिले निस्कने मनोहर सुकोमल अङ्ग; फुलेको कोपिलो; पुष्प; कुसुम; सुमन; प्रसून।

२. मकै, धान, जुनेलो आदि भुट्ता विकसित भएको स्वरूप; लावा।

३. रज; ऋतु।

४. ल्वाङका टुप्पामा रहेको फस्को अंश; ल्वाङको गोटा।

५. स्त्री जातिले टाउकामा लगाउने, सुनको चेप्टो, पातलो र वृत्ताकार गहना; शिरफूल।

⟵ फेरि सूचीमा जानुहोस्