प्रकाश

[ना.]

१. उज्यालो पदार्थबाट निस्कने, अन्धकारलाई हटाउने तत्त्व; अन्धकारले गर्दा प्रत्यक्ष हुन नसकेको वस्तुलाई आँखासामुन्ने प्रत्यक्ष गराउने, उज्यालो वस्तुबाट निस्कने तेज; आलोक; ज्योति; उज्यालो

२. घाम; जून

३. लुकेर बसेको वा गोप्य रहेको कुरा प्रकट हुने काम; निस्कने वा देखिने कार्य

४. सबैले देख्ने, सुन्ने गरी गरिएको वा भनिएको नाटक आदिका पात्रको उक्ति वा कार्य