जुवा
[ना.]
१. गोरु वा राँगा नार्दा दुवैका काँधमा राखेर जोताराले बाँधिने दुई वा चार ओटा सोइला भएको काठ।
२. तराईतिर हलो जोत्दा वा दाइँ गर्दा गाइने एक प्रकारको गीत।
[ना.]
पैसा बाजी राखेर दुई वा दुईभन्दा धेरै पक्षका बिच हारजित हुने गरी खेलिने खास खेल (तास, पासा, कौडा, इ.); जुवा।
[ना.]
दलिन।