गृह · शब्दकोश

शृङ्गार

[ना.]

१. काव्यमा वर्णित नवरसमध्ये पहिलो र रति स्थायी भाव, नायकनायिका आलम्बन विभाव हुने एक रस (यो संयोग शृङ्गार र विप्रलम्भ शृङ्गार गरी दुई किसिमको हुन्छ)।

२. शरीर वा कुनै वस्तुलाई राम्रो र आकर्षक पार्न सजाउने, सिँगार्ने काम; सजावट।

३. शारीरिक शोभा बढाउन कोरीबाटी गरी लुगा, सिँदुर, गाजल, लिपिस्टिक आदि लाउने काम; सिँगारपटार।

४. शोभा बढाउने वस्तु; सिँगार गर्ने साधन।

५. सम्भोगको इच्छा; रसिकता; प्रेम।

⟵ फेरि सूचीमा जानुहोस्