गृह · शब्दकोश

प्रस्तुत

[वि.]

१. कुनै व्यक्ति, वस्तु वा विषयलाई उपस्थित गरिएको; हाजिर गराइएको।

२. खास कार्यका निम्ति तयार रहेको; उद्यत।

३. चर्चा उठाइएको वा चलाइएको; प्रासङ्गिक; सान्दर्भिक।

४. तयार पारिएको; ठिक्क पारिएको।

५. भनिएको; कथित; उक्त।

६. विचारविमर्श, स्वीकृति वा कामका निम्ति पेस गरिएको; प्रस्तावित।

७. सुरु गरिएको; थालिएको; आरब्ध।

८. स्तुति गरिएको; प्रशंसा गरिएको; प्रशंसित।

⟵ फेरि सूचीमा जानुहोस्