गृह · शब्दकोश

पासा

[ना.]

१. पच्चिस खेलमा झैँ थर्कीको प्रयोग हुने तर कौडीको साटो छ, पाँच, दुई र एक विन्दु हुने लाम्चो र चारपाटे टुक्रो गुडाएर खेलिने खेल।

२. सो खेलमा गुडाइने तीनमध्ये कुनै एक टुक्रो वा गुड्को।

[ना.]

नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।

[ना.]

साथी; मित्र।

[ना.]

सुन आदिको ढिको।

[ना.]

मुजा वा डोरा तान्दा खुल्ने वा बन्द हुने थैली।

[ना.]

चरा, पशु आदिलाई फँसाउने फाँसो; पासो।

⟵ फेरि सूचीमा जानुहोस्