गृह · शब्दकोश

काँटा

[ना.]

१. इनार, कुवा आदिमा खसेका कुनै वस्तु बाहिर झिक्न प्रयोग गरिने अङ्कुसे।

२. काँडो; कण्टक।

३. खानेकुरो खाँदा प्रयोग गरिने चुच्चो चुच्चो परेको चम्चा।

४. तुलाका डन्डी सोझिएको देखाउने जिब्री।

५. नारीहरूले कपालको शृङ्गार गर्दा प्रयोग गर्ने चेपुवा वस्तु; चिम्टी।

६. माछा आदि जलजन्तु समात्ने चुच्चे चिम्टी।

७. सुनचाँदी जोख्ने सानो तुलो वा मालताल जोख्ने ठुलो तुलो; तराजु।

८. स्वेटर आदि हातले बुन्दा प्रयोग गरिने सुइरो।

[ना.]

जिल्लाअन्तर्गतको भूभाग; तप्पा।

[ना.]

लामो बिँड भएको उठेर नै फोहर आदि सोहोर्न वा बारी खन्न हुने कडा तिखा औँलाहरू भएको एक प्रकारको फलामे औजार।

⟵ फेरि सूचीमा जानुहोस्