गृह · शब्दकोश

स्वर

[ना.]

१. आकाश।

२. एक वस्तुको अर्को वस्तुमा आघात पर्दा निस्कने कोमलता, तीव्रता, आरोहअवरोह आदिले युक्त ध्वनि; आवाज; शब्द।

३. प्राणीका मुखबाट निस्किने आवाज।

४. मानवका उच्चारण अवयवमा बाधा नपरीकन उच्चरित हुने आक्षरिक ध्वनि (अ, आ, इ, उ, ए, ओ)।

५. वेदपाठका सन्दर्भमा उदात्त, अनुदात्त र स्वरित नामक तीन प्रकारका हुने आवाजको उतारचढाउ।

६. सङ्गीतमा निश्चित गरिएका सात ध्वनि वा सुर (षड्ज, ऋषभ, गान्धार, मध्यम, पञ्चम, धैवत र निषाद)।

७. सास लिने बेला नाकबाट निस्कने वायुका कारणबाट उत्पन्न हुने आवाज।

⟵ फेरि सूचीमा जानुहोस्