मात्रा

[ना.]

१. अक्षरको उच्चारण गर्दा लाग्ने समय

२. एक खेपमा खाइने ओखतीको परिमाण वा अंश

३. कुनै वस्तुको एक पटकमा उपयोग गरिने मान; परिमाण

४. धन; सम्पत्ति

५. व्यञ्जनका साथ जोडिने आकार, इकार, उकार आदि चिह्न (ा, ि, ु आदि)।

६. स्वरचिह्न।