लगाउनु

[सक्रि.]

१. १४ लाग्ने तुल्याउनु; लाग्ने पार्नु

२. अरूको छुल्याइँ वा चुक्ली गर्नु

३. अर्थ, भाव, अभिप्राय आदि प्रकट गर्नु

४. उपाय निकाल्नु वा भिडाउनु

५. कुनै काममा धन वा मनको उपयोग गर्नु; लगानी गर्नु

६. कुनै काममा लाग्न कसैलाई प्रेरित गर्नु

७. कुनै विषयमा मनलाई एकाग्र बनाउनु

८. बन्द गर्नु; थुन्नु

९. बल प्रयोग गर्नु

१०. बोटबिरुवा आदि रोप्नु; लाउनु

११. मसला, नुन आदि हाल्नु

१२. मान्छे आदि खटाउनु

१३. रङ आदि पोत्नु वा घस्नु; लेपन गर्नु

१४. शरीरमा वस्त्र, माला, टीका आदि धारण गर्नु; पहिरनु