गृह · शब्दकोश

भाषा

[ना.]

१. कुनै देशका बासिन्दाले बोलचाल गर्ने प्रचलित शब्दावली।

२. कुराकानी; बातचित।

३. परिभाषा; लक्षण।

४. मनका भाव या विचार अरूछेउ प्रकट गर्ने सार्थक शब्द वा वाक्यहरूको समग्र रूप; आशय वा भाव व्यक्त गर्ने सार्थक ध्वनिहरूको समूह।

५. वाग्देवी; सरस्वती।

६. वाणी; बोली; सङ्कथन।

७. वाणीका चार रूप (परा, पश्यन्ती, मध्यमा र वैखरी)।

८. व्यक्तिविशेषले लेख्ने र बोल्ने ढङ्ग; शैली।

⟵ फेरि सूचीमा जानुहोस्