गृह · शब्दकोश

कोश

[ना.]

१. अण्डकोश; अण्ड।

२. कोपिला; कोसो; कोयो।

३. तरबार, खुकुरी आदि हतियारको दाप।

४. निश्चित नियम तथा वर्णक्रमअनुसार भाषाका शब्दहरूको अर्थ, बनोट, प्रयोग आदि सूचना दिइएको ग्रन्थ; शब्दकोश।

५. रुखबिरुवा वा सागपातको फूल।

६. वेदान्तअनुसार कुनै वस्तु वा जीवको खोल (अन्नमय, प्राणमय, मनोमय, विज्ञानमय र आनन्दमय)।

७. शब्दको भण्डार; शब्दको ढुकुटी।

⟵ फेरि सूचीमा जानुहोस्