कल्प
१. आधुनिक पुराशास्त्र तथा भूशास्त्रका अनुसार कतिपय युगमा बाँडिएको र पृथ्वीको केही स्वतन्त्र विकासात्मक अवस्था हुने विशिष्ट काल विभाग (आदिकल्प, उत्तरकल्प, मध्यकल्प, नवकल्प इ.)।
२. आयुर्वेद मतानुसार शरीरको कुनै अङ्गलाई पुनः नयाँ र स्वस्थ बनाउने युक्ति; वैद्यक शास्त्रीय चिकित्साविधान (केशकल्प, नेत्रकल्प, कायाकल्प इ.)।
३. पुराणअनुसार ब्रह्माको एक दिन मानिने प्रत्येक कल्प (श्वेत, वाराह, नील, लोहित, वामदेव, रथन्तर, रौरव, प्राण, बृहत्, कन्दर्प, सत्य, ईशान, व्यान, सारस्वत, उदान, गारुड, कौर्म, नारसिंह, समान, आग्नेय, सोम, मानव, पुमान, वैकुण्ठ, लक्ष्मी, सावित्री, घोर, वराह, वैराज, गौरी, माहेश्वर र पितृ)।
४. प्रलय।
५. वेदका छ अङ्ग (शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष) मध्ये बलिदान, यज्ञ आदिसित सम्बन्धित विधि बताउने एक अङ्ग।
६. शुभकार्यका शास्त्रीय विधिविधान।
७. समान; तुल्य (देवकल्प, ऋषिकल्प इ.)।
८. हिन्दु पञ्चाङ्गअनुसार चौध मन्वन्तर वा एक हजार महायुग अर्थात् चार अरब, बत्तिस करोड मानव वर्ष बताइएको कालका समयको साह्रै ठुलो विभाग।