सत्य
[वि.]
१. कसैलाई विश्वस्त पार्न किरिया हाल्दा व्यक्त हुने शब्द; सत्ते।
२. कुनै कुरो पूरा गर्न बोलिने वचन; कबुल; प्रतिज्ञा।
३. पुराणअनुसार पृथ्वीभन्दा माथिको सात लोकमध्ये सबभन्दा माथिल्लो लोक।
४. वास्तविक वा प्रामाणिक सिद्धान्त।
५. सत्य, त्रेता, द्वापर र कलि चार युगमध्ये पहिलो युग।
६. साँचो कुरो वा स्थिति; यथार्थता; साँचोपन।
७. जस्तो हुनुपर्छ त्यस्तै वा सन्देह नभएको; साँचो; सच्चा; वास्तविक; यथार्थ।
८. पत्याउन सकिने; विश्वस्त; इमानदार।
९. सद्गुणसम्पन्न; धर्मात्मा।