गृह · शब्दकोश

दिन

[ना.]

१. अघिल्लो सूर्योदयदेखि पछिल्लो सूर्योदयपर्यन्तको समय; अहोरात्र; चौबिस घण्टा वा आठ प्रहर।

२. आकाशमा सूर्य देखिन्जेलको समय; सूर्यको उदय भएदेखि अस्त नभइन्जेलको अवधि; दिउँसो; दिवस।

३. तोकिएको समय; निश्चित समय।

४. रातको बाह्र बजेदेखि पछिल्लो रातको बाह्र बजेसम्म चौबिस घण्टाको समय।

५. समय; बेला; बखत; मौका।

६. सात वारमध्येको एक वार। ७ दिनदशा; अनिष्ट दशा।

⟵ फेरि सूचीमा जानुहोस्