गृह · शब्दकोश

अङ्ग

[ना.]

१. अङ्गुलको ६ गुना बराबरको नाप।

२. टुक्रा; अंश; खण्ड; घटक।

३. मूल वस्तुको पूरक; सहयोगी; अप्रधान वा गौण अंश।

४. विहारको भागलपुर क्षेत्रको आसपासमा रहेको प्राचीन भारतीय जनपद।

५. शरीरको कुनै भाग; आङ।

६. सिङ्गो वस्तु, प्रणाली वा संरचनाको कुनै अवयव वा हिस्सा।

⟵ फेरि सूचीमा जानुहोस्