गृह · शब्दकोश

समय

[ना.]

१. कुनै काम वा घटना भएको र विशेष परिस्थिति आइलागेको काल वा बेला।

२. कुनै कामकाजको बखत; बेला; मौका; अवसर।

३. कुनै प्रवाहक्रममा चलेको नियम; प्रथा।

४. घडी, पला, दिनरात, बिहान, बेलुकी, गते, तिथि, वार, साता, पक्ष, महिना, ऋतु, अयन, वर्ष, दशक, शताब्दी आदि नामले बुझिने वा तिनको परिणति जनाउने गतिमय अवस्था।

५. बचेको वा खाली भएको क्षण, फुर्सद; अवकाश।

⟵ फेरि सूचीमा जानुहोस्