गृह · शब्दकोश

युग

[ना.]

१. इतिहासमा कुनै महत्त्वपूर्ण घटना, कार्य, व्यक्ति आदिबाट प्रभावित कालावधि।

२. जुनसुकै दुई वटा वस्तुको समूह; जोडा; युग्म।

३. पौराणिक काल विभाजनअनुसार सत्य, त्रेता, द्वापर र कलिमध्ये कुनै एक काल।

४. रथ, हलो, गाडी आदिमा नारिने गोरुका काँधमा लगाइने जुवा।

५. लोकविश्वासअनुसार बाह्र वर्षको समयावधि।

६. वास्तु तथा मूर्तिकलामा चार इन्चबराबरको नापो।

७. समय; बेला; जमाना।

⟵ फेरि सूचीमा जानुहोस्