युग
[ना.]
१. इतिहासमा कुनै महत्त्वपूर्ण घटना, कार्य, व्यक्ति आदिबाट प्रभावित कालावधि।
२. जुनसुकै दुई वटा वस्तुको समूह; जोडा; युग्म।
३. पौराणिक काल विभाजनअनुसार सत्य, त्रेता, द्वापर र कलिमध्ये कुनै एक काल।
४. रथ, हलो, गाडी आदिमा नारिने गोरुका काँधमा लगाइने जुवा।
५. लोकविश्वासअनुसार बाह्र वर्षको समयावधि।