गृह · शब्दकोश

कल्पना

[ना.]

१. अनुमान; अन्जाम; तर्कना।

२. एउटा वस्तुलाई अर्को मानेर त्यसबाट भावसौन्दर्य प्राप्त गर्ने काव्यात्मक गुण।

३. नदेखेको वा नसुनेको नयाँ र अनौठो कुरा मनमा अजमाउने काम।

४. मनगढन्त कुरो।

५. सजावट; सिँगार।

६. सुन्दर रचना; कृति।

७. स्मृतिपटमा अनौठा नयाँ कुरा, प्रतिमा वा रूपरेखा बनाएर काव्य, चित्र आदिका रूपमा उतार्ने वा मूर्त रूप दिने क्रियात्मक शक्ति।

⟵ फेरि सूचीमा जानुहोस्