शिक्षा

[ना.]

१. कुनै कुराको उचित तालिम वा अर्तीउपदेश

२. विद्यालय, महाविद्यालय आदिमा र घरमा पनि नियमित रूपले अध्ययन गर्ने, गराउने वा पढाइको चाँजोपाँचो मिलाउने काम; ज्ञान दिने वा लिने काम; विद्या

३. वेदका छ अङ्गमध्ये मन्त्रहरूको उच्चारणविधिको निरूपण गरिएको अंश वा खण्ड

४. सिकेर, सुनेर वा अन्य कुनै पनि प्रकारले समाजप्रकृतिबाट ग्रहण गरिने सैद्धान्तिक तथा व्यावहारिक विषयको बोध