समाधि

[ना.]

१. ईश्वर वा ध्येयको ध्यानमा मग्न हुने काम; मानसिक एकाग्रता; ध्यान; तप; साधना

२. कसैको मृत शरीर गाडिएको ठाउँ; चिहान

३. ब्रह्मचिन्तनमा केन्द्रित हुने योगसाधनाको आठौँ तथा अन्तिम अवस्था

४. योगी वा महात्माहरूको देहत्याग

५. सम्पूर्ण क्लेशबाट मुक्त भई अनेक अलौकिक शक्ति सञ्चय गरिने योगसाधनाको फल।

६. साहित्यमा अन्य कारणद्वारा कार्यसिद्धिको वर्णन हुने एक अर्थालङ्कार