गृह · शब्दकोश

वार

[ना.]

१. अवसर; मौका।

२. आफू रहेतर्फका नदीको किनार; वल्लो किनार; वारि।

३. ढक्कन; बिर्को।

४. पटक; पल्ट; चोटि।

५. प्रवेश गर्न नपाउने गरी लगाइएको रोक; रोकावट; प्रतिबन्ध।

६. भवन वा हाताको भित्र, बाहिर गर्दा उघारिने र लगाइने खापा; द्वार।

७. मदिराको भाँडो।

८. रास; थुप्रो; समुदाय।

९. शिव; महादेव।

१०. सप्ताहका दिनका नामको अन्तमा लाग्ने कालावधिसूचक शब्द ; दिन; दिवस।

[पस.]

१. आक्रमण; हमला।

२. प्रहार; झटारो।

३. शब्दका पछिल्तिर गाँसिएर हरेक पटक वा समान रूपमा कुनै काम गर्ने अर्थ बुझाउने प्रत्यय।

⟵ फेरि सूचीमा जानुहोस्