वार

[ना.]

१. अवसर; मौका

२. आफू रहेतर्फका नदीको किनार; वल्लो किनार; वारि

३. ढक्कन; बिर्को

४. पटक; पल्ट; चोटि

५. प्रवेश गर्न नपाउने गरी लगाइएको रोक; रोकावट; प्रतिबन्ध

६. भवन वा हाताको भित्र, बाहिर गर्दा उघारिने र लगाइने खापा; द्वार

७. मदिराको भाँडो

८. रास; थुप्रो; समुदाय

९. शिव; महादेव

१०. सप्ताहका दिनका नामको अन्तमा लाग्ने कालावधिसूचक शब्द ; दिन; दिवस

[पस.]

१. आक्रमण; हमला

२. प्रहार; झटारो

३. शब्दका पछिल्तिर गाँसिएर हरेक पटक वा समान रूपमा कुनै काम गर्ने अर्थ बुझाउने प्रत्यय