सिद्धि

[ना.]

१. आँटेको काम पूरा भएको स्थिति; सफलता

२. गणेशका दुई पत्नी ऋद्धि र सिद्धिमध्ये कान्छी चाहिँ पत्नी

३. थालेको यज्ञ, दान, अनुष्ठान आदिको निर्विघ्न समाप्ति; कार्यको पूर्णता

४. निपुणता; सिपालुपन।

५. मुक्ति; निर्वाण

६. योग वा तपस्याद्वारा प्राप्त हुने अलौकिक शक्ति

७. योगसाधनाद्वारा प्राप्त गरिने आठ प्रकारका सिद्धि (अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व)।