वृत्ति

[ना.]

१. कुनै काम गरेबापत पाइने धन; पारिश्रमिक; ज्याला; मजदुरी

२. कुनै पद, वाक्य वा ग्रन्थको अर्थ स्पष्ट हुने गरी गरिएको व्याख्या; टीका

३. चालचलन; आचरण

४. जीवन निर्वाहकानिम्ति कसैलाई दिइने धन; भत्ता

५. जीवननिर्वाहका निम्ति गरिने काम; जीवन धान्न अँगालिने वा लिइने पेसा; जागिर

६. जेहेन्दार, गरिब विद्यार्थीहरूलाई अध्ययनकालमा सहायताका रूपमा दिइने रकम

७. परुषा, कोमला र उपनागरिका - यी तीन वर्णगत वृत्ति।

८. भरणपोषणको साधन; जीविका

९. रससुहाउँदो रूपमा वर्णको योजना तथा अर्थको गुम्फन गरेर काव्यको रचना गर्ने शैली (कैशिकी, भारती, सात्त्वतीआरभटी)।

१०. व्याकरण, दर्शन आदि सूत्ररूपमा रहेका अर्थगर्भित छोटो वाक्यको अर्थ खुलस्त पार्ने वाक्य

११. सोझोघुमाउरो किसिमले अर्थ बुझाउने शब्दको शक्ति (अभिधा, लक्षणाव्यञ्जना)।