गृह · शब्दकोश

वृत्ति

[ना.]

१. कुनै काम गरेबापत पाइने धन; पारिश्रमिक; ज्याला; मजदुरी।

२. कुनै पद, वाक्य वा ग्रन्थको अर्थ स्पष्ट हुने गरी गरिएको व्याख्या; टीका।

३. चालचलन; आचरण।

४. जीवन निर्वाहकानिम्ति कसैलाई दिइने धन; भत्ता।

५. जीवननिर्वाहका निम्ति गरिने काम; जीवन धान्न अँगालिने वा लिइने पेसा; जागिर।

६. जेहेन्दार, गरिब विद्यार्थीहरूलाई अध्ययनकालमा सहायताका रूपमा दिइने रकम।

७. परुषा, कोमला र उपनागरिका - यी तीन वर्णगत वृत्ति।

८. भरणपोषणको साधन; जीविका।

९. रससुहाउँदो रूपमा वर्णको योजना तथा अर्थको गुम्फन गरेर काव्यको रचना गर्ने शैली (कैशिकी, भारती, सात्त्वती र आरभटी)।

१०. व्याकरण, दर्शन आदि सूत्ररूपमा रहेका अर्थगर्भित छोटो वाक्यको अर्थ खुलस्त पार्ने वाक्य।

११. सोझो र घुमाउरो किसिमले अर्थ बुझाउने शब्दको शक्ति (अभिधा, लक्षणा र व्यञ्जना)।

⟵ फेरि सूचीमा जानुहोस्