लाग्नु
[अक्रि.]
१. अडकल, जुक्ति, बुद्धि आदि मिल्नु।
२. अनुभव हुनु; मनमा हो भन्ने पर्नु।
३. अर्थबोध हुनु; माने वा मतलब खुल्नु।
४. उपयोग वा व्यवहारमा आउनु; काममा प्रयुक्त हुनु।
५. काम गर्न सुरु गर्नु; प्रारम्भ गर्नु; थाल्नु।
६. कुनै काम हुन खोज्नु; आँट्नु।
७. कुनै काममा तनमन दिएर लागिपर्नु; प्रवृत्त हुनु; काममा तल्लीन हुनु।
१०. खेल, जुवा आदिमा बारम्बार उही दाउ आउनु।
११. गणितमा ठिक ठिकसँग भाग जानु।
१३. दृष्टिदोष हुनु; कुदृष्टि पर्नु।
१४. दोष, बात आदि आइपर्नु; आरोप लाग्नु।
१७. पालुवा, फूल, फल आदि पैदा हुनु; उम्रनु।
२०. भूतप्रेत आदिले पक्रनु; लगानमा पर्नु।