गृह · शब्दकोश

लाग्नु

[अक्रि.]

१. अडकल, जुक्ति, बुद्धि आदि मिल्नु।

२. अनुभव हुनु; मनमा हो भन्ने पर्नु।

३. अर्थबोध हुनु; माने वा मतलब खुल्नु।

४. उपयोग वा व्यवहारमा आउनु; काममा प्रयुक्त हुनु।

५. काम गर्न सुरु गर्नु; प्रारम्भ गर्नु; थाल्नु।

६. कुनै काम हुन खोज्नु; आँट्नु।

७. कुनै काममा तनमन दिएर लागिपर्नु; प्रवृत्त हुनु; काममा तल्लीन हुनु।

८. खर्च, भाडा आदि पर्नु।

९. खेदो गर्नु; पछ्याउनु।

१०. खेल, जुवा आदिमा बारम्बार उही दाउ आउनु।

११. गणितमा ठिक ठिकसँग भाग जानु।

१२. ठोकिनु; बज्नु।

१३. दृष्टिदोष हुनु; कुदृष्टि पर्नु।

१४. दोष, बात आदि आइपर्नु; आरोप लाग्नु।

१५. नाता पर्नु; साइनो पर्नु।

१६. पक्ष लिनु; ओड गर्नु।

१७. पालुवा, फूल, फल आदि पैदा हुनु; उम्रनु।

१८. पोतिनु; लिपिनु।

१९. बन्द हुनु; थुनिनु।

२०. भूतप्रेत आदिले पक्रनु; लगानमा पर्नु।

२१. रङरोगन वा पालिस बस्नु।

२२. लट्ठ पर्नु; लट्ठिनु।

२३. लत, बानी आदि बस्नु।

२४. लेसाइलो पदार्थ टाँसिनु; जोडिनु।

२५. सार गर्नु।

२६. हातलागी हुनु; मिल्नु; पाउनु।

⟵ फेरि सूचीमा जानुहोस्