माने

[वि.]

१. मानाभर रहने वा अटाउने वा पाक्ने र त्यत्ति नै खाने वा खान सक्ने।

२. मानुको; मानासम्बन्धी (परिमाण वा नापो)।

[ना.]

अर्थ; आशय; अभिप्राय; मतलब; तात्पर्य

[ना.]

खान हुने जङ्गली कर्कलो; मानकन्द

[ना.]

जाँतोको तल्लो फग्लेँटो तथा घट्ट आदिका माझमा माथिल्लो फग्ल्याँटाका प्वालमा हालिने काठ वा फलामको डन्डी; मानी

[ना.]

१. बौद्ध धर्मावलम्बीहरूले चिहानमाथि ध्वजा गाडी बनाएको स्तम्भ

२. बौद्ध धर्मावलम्बीहरूले हातमा लिएर घुमाउने ‘ॐ मणिपद्मे हुँ’ लेखिएको एक वस्तु

[ना.]

अर्थात्, अथवा; थेगोका रूपमा प्रयोग गरिने शब्द