खुल्नु

[अक्रि.]

१. अर्थ स्पष्ट हुनु

२. खुला हुनु; उघ्रनु

३. नयाँ वस्तु निस्कनु; प्रकाशित हुनु

४. नयाँ विद्यालय, संस्था आदि सुरु हुनु

५. फुक्का हुनु; छाडा हुनु

६. बन्द भएको कुरा फेरि हुन थाल्नु वा चलनमा आउनु

७. बन्धनबाट मुक्त हुनु; फुस्कनु; फुक्नु

८. लुकेको रहस्य आदि थाहा हुनु

९. सुहाउनु

१०. स्पष्ट देखिने हुनु; छर्लङ्गिनु