सार
[ना.]
[वि.]
१. कुनै लेख वा प्रबन्ध आदिको अन्तिम भनाइ; निष्कर्ष; उपसंहार।
२. कुनै वस्तु वा पदार्थको मुख्य भाग; मुख्य अंश; सत्त्व; तत्त्व।
३. कुनै वस्तुको भित्री मुख्य भाग; गुदी।
४. कुराकानी, कृति, लेख आदिको मुख्य अंश वा मतलब; मजबुन।
८. पानी; जल।
९. बल; शक्ति।
१०. भनाइको तात्पर्य; अभिप्राय।
१२. वेदको सस्वर पाठ गर्दा उदात्त, अनुदात्त र स्वरितअनुसार हात हल्लाएर स्वरगत आरोह, अवरोह र साम्य आदिको भाव व्यक्त गर्ने काम।
१३. सल्लो आदिको रुखबाट निस्कने चोप; खोटो; निर्यास।
१४. साहित्यमा पहिले वर्णन गरिएका कुराको उत्तरोत्तर उत्कर्ष वा अपकर्षको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
१७. सर्वोत्तम; सर्वश्रेष्ठ।