पक्ष

[नायो.]

१. उड्ने जीवजन्तुको शरीरका दुवैपट्‌टि रहेका, उड्न मद्दत गर्ने प्रायः भुत्लावाल अङ्ग; पखेटा

२. कुनै विषयका अनेक तत्त्व वा दल।

३. छानाका दुई भिराला पाटा

४. जमिनको भिरालो भाग; पाखो

५. झगडा वा विवाद गर्नेहरूमध्ये कुनै एक व्यक्ति वा समूह

६. ढोकाका फग्लेँटा वा खापा; द्वार

७. नदीको किनारा; तट।

८. प्रतिपदादेखि औँसी वा पूर्णिमासम्मका पन्ध्र दिन; चान्द्रमासको आधा महिना

९. वस्तुका दायाँ बायाँ रहने अवयव; पार्श्व

१०. वस्तुको आधा भाग

११. वाणका फेदमा लागेको प्वाँख

१२. सहायक वा समान वर्गको जमात

१३. तिर; तर्फ; पट्‌टि।