मुद्रा

[ना.]

१. उठ्ने, बस्ने शरीरका अङ्गको स्थिति वा मनको भाव प्रदर्शित गर्ने आँखा, नाक, कान, मुख, हात आदिको कुनै पनि क्रिया

२. कुनै वस्तुलाई प्रमाणित गर्ने नाम, चिह्न आदि लगाउने छाप

३. गोरखनाथ सम्प्रदायमा साधुहरूले कानमा लगाउने फटिक आदिको कुण्डल वा मुद्रा।

४. देवी देवताका ध्यान, पूजा आदिको समयमा प्रदर्शन गराइने आकार

५. नाक, कान, आदिमा लगाइने मुन्द्री

६. नाम वा कुनै व्यक्तिगत चिह्न भएको औँठी

७. पदक; विभूषण; तक्मा

८. प्रतीकात्मक चिह्न

९. मुद्रण कार्यमा वा छपाइमा प्रयोग गरिने सिसाका ढालिएका उल्टा अक्षरहरू; टाइप

१०. राणाकालमा मुग्लानबाट आवतजावत गर्नलाई दिइने, उक्त छाप लागेको सरकारी अधिकारपत्र; राहदानी; पारपत्र

११. विभिन्न आकारमूल्य तोकिएका, जनताले क्रय, विक्रयको माध्यम वा भुक्तानी साधनका रूपमा प्रयोग गर्ने वस्तु वा उपकरण (धातुका मुद्रा वा सिक्का, नोट)।

१२. वैष्णव सम्प्रदायका भक्तहरूले आफ्नो छाती, पाखुरा आदिमा डाम्ने वा खोप्ने विष्णुका शङ्ख, चक्र आदि आयुध

१३. शब्दालङ्कारमा पर्ने श्लेष अलङ्कारको एक भेद