भाव
[ना.]
१. कथन वा लेखनको मुख्य अभिप्राय; आशय; तात्पर्य।
२. कसैले कुनै विषयमा व्याख्या वा सङ्केत गर्दा उत्पन्न हुने मानसिक प्रतिक्रिया।
३. कुनै वस्तु वा विषयका अस्तित्वमा आउने, रहने वा प्रस्तुत हुने स्थिति वा तत्त्व; सत्ता; अस्तित्व।
४. कुनै वस्तु वा व्यक्तिको स्वभाव; आफ्नोपन।
५. चिन्तन वा कल्पनातरङ्गका क्रममा मनमा उत्पन्न हुने कुनै भाव; विचार।
६. देवताप्रतिको श्रद्धा; भावना; आस्था।
८. सङ्गीत, नृत्य, नाटक आदिमा विषयको अभिप्राय व्यक्त गर्नका निम्ति स्वर, नेत्र, मुख आदिको आकार बदल्ने काम।
९. स्थायी, व्यभिचारी र सात्त्विकमध्ये कुनै एक।
[ना.]