गृह · शब्दकोश

चक्र

[ना.]

१. गाडी, मोटर आदिको गुड्ने गोलो वस्तु; पाङ्ग्रो; चक्का।

२. गोलो घेरो; मण्डल।

३. दल; समुच्चय।

४. माटाका भाँडा बनाउने गोलो यन्त्र।

५. राज्य; एकाधिपत्य।

६. विष्णुको बाटुलो आकारको एक अस्त्र।

७. हठयोगअनुसार शरीरभित्रका मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहत, विशुद्धि, आज्ञा, ब्रह्मरन्ध्र आदि काल्पनिक छ वा सोभन्दा बढी स्थान।

८. हातका औँलाको नङको उल्टापट्टि देखिने घुमुर्किएको रेखा।

⟵ फेरि सूचीमा जानुहोस्