धातु
[ना.]
१. अपारदर्शी, विशेष प्रकारको चमक र गुरुत्व रहने, ताप र विद्युत्को सञ्चार हुन सक्ने कुटेर लम्याउँदा वा बढाउँदा नटुक्रिने सुन, चाँदी, पित्तल, तामा, फलाम आदि खनिज पदार्थ।
२. क्रियाको मूल तत्त्व (खा, देख्, बोल्, लेख् इ.)।
३. भूतत्त्व (पञ्चमहाभूत, पञ्चतन्मात्रा)।
४. वास्तु वा मूर्तिकलामा एक अङ्गुल वा एक मात्राको सात गुनाबराबरको नाप; दृष्टि, मुनि, पाताल अब्धि बराबरको नाप; सात अङ्गुल।
५. शरीरमा रहने रस, रगत, हाड, मासु, बोसो, मासी र वीर्य गरी जम्मा सात तत्त्व।