सम्प्रदाय
[ना.]
१. एउटै सिद्धान्त, मत, विचार वा विश्वास भएका मानिसहरूको वर्ग; खास मतावलम्बीहरूको समुदाय।
२. खास गुरुपरम्परामा दीक्षित भई त्यस्तो धर्म अँगाल्ने व्यक्तिहरूको समुदाय; एउटै धर्म वा मतका अनुयायी।
३. गुरुशिष्यपरम्पराका रूपमा प्रचलित विशेष धर्म वा मत; गुरुपरम्पराबाट प्राप्त उपदेश वा धर्म।