गृह · शब्दकोश

शङ्ख

[ना.]

१. औँलाका टुप्पामा हुने एकातिर बगेर गएजस्तो आकृतिको रेखात्मक चिनो।

२. कुबेरका नौ निधिमध्ये एक।

३. विष्णुद्वारा मारिएको एक राक्षस; शङ्खासुर।

४. समुद्रमा पाइने घुँगी जातका किराको ढुङ्गाजस्तो साह्रो गुँड वा खबटो; त्यसैको अघि युद्धमा शत्रुपक्षलाई हाँक र स्वपक्षलाई उत्साह दिन बजाइने र अचेल कुनै माङ्गलिक कार्य वा पूजामा दोहोरो र बाहुनक्षत्रीका मलाममा एकोहोरो बजाइने बाजा।

५. सय पद्मको सङ्ख्या वा गणना।

⟵ फेरि सूचीमा जानुहोस्