शङ्ख
[ना.]
१. औँलाका टुप्पामा हुने एकातिर बगेर गएजस्तो आकृतिको रेखात्मक चिनो।
२. कुबेरका नौ निधिमध्ये एक।
३. विष्णुद्वारा मारिएको एक राक्षस; शङ्खासुर।
४. समुद्रमा पाइने घुँगी जातका किराको ढुङ्गाजस्तो साह्रो गुँड वा खबटो; त्यसैको अघि युद्धमा शत्रुपक्षलाई हाँक र स्वपक्षलाई उत्साह दिन बजाइने र अचेल कुनै माङ्गलिक कार्य वा पूजामा दोहोरो र बाहुनक्षत्रीका मलाममा एकोहोरो बजाइने बाजा।