प्रयोग

[ना.]

१. आरम्भ; प्रारम्भ; थालनी

२. कुनै किसिमका शस्त्र, अस्त्र आदिलाई व्यवहारमा ल्याउने कार्य; इस्तेमाल

३. कुनै वस्तु वा विषयलाई व्यवहारमा लगाउने कार्य; उपयोग

४. दृष्टान्त; उपमा; उदाहरण

५. नीति, नियम, सिद्धान्त आदिको स्थापना गरी कार्यरूपमा ल्याउने प्रक्रिया

६. परीक्षण

७. मारण, मोहन, उच्चाटन, वशीकरण आदिका निम्ति मन्त्रको व्यवहार