प्रदर्शन
[ना.]
१. कुनै समस्याप्रति जनताको समर्थन प्राप्त गर्न वा सरकारको ध्यान आकर्षित गर्न सो समस्यासँग सम्बन्धित व्यक्तिहरूको जुलुस, नारा आदिद्वारा असन्तोष वा आफ्नो विचार प्रकट गर्ने काम; सामूहिक रूपमा कुनै विषयमा असन्तोष व्यक्त गर्ने काम।
२. बाटो आदि देखाउने काम; मार्गनिर्देशन; भेगियारी।
३. रङ्गमञ्चमा नाटक आदि देखाउने काम वा देखाउने उद्देश्यले अभिनय गर्ने काम।