गृह · शब्दकोश

प्रबन्ध

[ना.]

१. आयोजना।

२. कुनै कथाका आधारमा तयार गरिएको सुव्यवस्थित रचना।

३. कुनै काम राम्ररी सम्पन्न गर्न मिलाइने व्यवस्था; बन्दोबस्त; इन्तिजाम; चाँजोपाँजो।

४. विषय वा सिद्धान्तको युक्तियुक्त प्रतिपादन भएको, गद्यात्मक, विचारप्रधान लेख; विचारप्रधान निबन्ध।

५. सङ्गठित अनुसन्धानको ग्रन्थाकार रूप।

⟵ फेरि सूचीमा जानुहोस्