गृह · शब्दकोश

अंश

[ना.]

१. गणितमा भिन्नको सङ्ख्या वा अङ्क; वृत्तका परिधिको ३६० भागमध्ये एक भाग।

२. चन्द्रमाको सोह्र खण्डमध्ये एक खण्ड।

३. दाजुभाइ वा अंसियारका बिच हुने जायजेथाको भागबन्डा; त्यसको एक खण्ड।

४. भाग; हिस्सा; खण्ड; टुक्रा।

५. मेष; वृष आदि राशिका भोग्यकालको तिस भागको एक भाग।

६. संस्थान, निगम आदिमा अधिकृत पुँजीको निश्चित हिस्सा।

७. सङ्गीतमा रागको विस्तार वा थाट प्रकट हुने स्वर।

⟵ फेरि सूचीमा जानुहोस्