शक्ति
[ना.]
२. तन, मन वा धनका रूपमा रहने सामर्थ्य; जोड; बल; तागत; पराक्रम।
३. प्रहार गरिने अस्त्र (भाला, बर्छा आदि)।
५. राज्यमा रहने प्रमुख तत्त्व (प्रमुख उत्साह, मन्त्रणा आदि)।
६. वाष्प, ऊर्जा वा बिजुलीबाट पैदा हुने सामर्थ्य; क्षमता।
७. वास्तु वा मूर्तिमा नौ अमलबराबरको नाप; नौ अङ्गुल; मात्राको नौ गुनाबराबरको नाप; प्रादेश, सूत्र, ग्रह वा द्वारबराबरको नाप।
८. शब्दका विविध अर्थ बुझाउने तीन सामर्थ्य वा अर्थका शक्ति (अभिधा, लक्षणा र व्यञ्जना)।
९. सक्रिय दैवी सामर्थ्यका रूपमा रहेका देवपत्नी वा स्त्रीदेवता (इन्द्राणी, वैष्णवी, ब्रह्माणी, ब्रह्मवादिनी, कौमारी, नारसिंही र वाराही)।