गृह · शब्दकोश

प्रकृति

[ना.]

१. अनेक रूपको जगत्‌लाई निर्माण तथा विकास गर्ने मूल शक्ति; साङ्ख्य दर्शनअनुसार जगत्‌का उत्पत्तिको कारणरूप मूलतत्त्व।

२. ईश्वरीय लीला; दैवी प्रपञ्च; माया।

३. एक पाउमा एक्काइस अक्षर हुने छन्दको कुनै एक भेद।

४. कुनै राजाद्वारा शासित जनता; प्रजा।

५. पञ्चमहाभूत (पृथिवी, जल, तेज, वायु र आकाश)।

६. राज्यका स्वामी, अमात्य, सुहृद् आदि सात अङ्ग।

७. व्यक्ति वा प्राणीको जन्मदेखि नै लागेको लत, बानी वा स्वभाव।

८. व्यक्ति वा वस्तुको मूलभूत विशेषता; व्यक्ति वा वस्तुभित्र निहित गुण।

९. व्याकरणमा प्रत्ययभन्दा भिन्न, शब्दको मूल रूप (प्रातिपदिक वा धातु); मूल शब्दको प्रत्यय वा सर्गबाहेकको अंश।

१०. शरीरको शीत वा उष्ण स्वभाव।

⟵ फेरि सूचीमा जानुहोस्